आठ पूर्वसेनापतिलाई भारतको निम्तो

काठमाडाैं । भारतीय सेनाले नेपाली सेनाका आठ जना पूर्वप्रधानसेनापतिहरुलाई भारत बाेलाएकाे छ ।पछिल्लो समय नेपाल-भारतकाबीच सीमानामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा विवाद चर्किएयता दुई देशबीच निकै खटपटपूर्ण सम्बन्ध रहँदै आएको सन्दर्भमा नेपालका सबै भूतपूर्व प्रधानसेनापतिहरुलाई भारतीय सेनाले यसरी एकैसाथ बोलाउनुलाई अर्थपूर्ण तबरले हेरिएको छ ।

सैनिक स्रोतका अनुसार यही सेप्टेम्बरको १७ र १८ तारिक दिल्लीमा भारतीय सेनाको विशेष कार्यक्रम भन्दै आठ पूर्वप्रधान सेनापतिहरुलाई बोलाइएको हो। हालसम्म जीवित सातजना भूतपूर्व प्रधानसेनापतिहरु र यसै महिनादेखि भूतपूर्व हुन लागेका सेनापति पूर्णचन्द्र थापालाई समेत गरेर आठैजनालाई भारतीय सेनाले बोलाएको स्रोतले बतायो।


भारतीय सेनाको निम्तोलाई स्वीकार्दै पूर्वप्रधानसेनापतिहरु धर्मपालबरसिंह थापा, प्यारजंग थापा, रुक्मांगद कटवाल, गौरवसमशेर राणा र राजेन्द्र क्षेत्री दिल्ली जाने बताए पनि प्रज्वल्लसमेशर राणा, छत्रमानसिंह गुरुङ र पूर्णचन्द्र थापा भने सहभागी नहुने स्राेतले बताएकाे छ ।

नेपालमा भारतको सुरक्षा चासो निकै गहिरो छ र उसले सैनिक सम्बन्धमा जोड दिँदै पनि आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..