लखनदेही नदीको बाँध मर्मतमा जुटे सुरक्षाकर्मी र स्थानीय

जनकपुर । लखनदेही नदीको बाढीले सर्लाहीको कौडेना गाउँपालिकामा क्षति पुर्‍याउने देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासी बाँध मर्मतमा जुटेका छन् ।कौडेना गाउँपालिका ६ सक्रोलस्थित लखनदेही नदीको बाँध बाढीले कटान गरेको छ ।

कटानलाई रोकेर क्षति हुन नदिन सुरक्षाकर्मीसँग मिलेर स्थानीयवासीले बाँध मर्मतको काम शुरु गरेका हुन् ।बाँध बाँध्ने काममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनता तटबन्ध कार्यालयका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र स्थानीय वासिन्दा संलग्न रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले बताए ।

कटान गरिएको ठाउँलाई तत्कालै नियन्त्रण नगरिए कौडेना गाउँपालिका ६ र ७ मा पर्ने सक्रौल तथा शिबनगरका १ सय ५० भन्दा बढी घर र खेतीयोग्य जग्गामा क्षति पुग्ने आँकलन छ ।

सर्लाहीको लखनदेही नदीमा आउने बाढीले सदरमुकाम मलगंवासहित बिभिन्न ठाउँमा प्रत्येक वर्ष क्षति पुर्‍याउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..