लागूऔषध कारोबारको मुख्य नाइके गोबिन्द नवलपरासीको सीमा क्षेत्रबाट पक्राउ

काठमाडौं । नवलपरासीको नाकाहुँदै नेपालको विभिन्न सहरमा लागूऔषध पठाउने भारतीय कारोबारी पक्राउ परेका छन् । उनलाई नवलपरासीको सीमा नाका महेशपुर नजिकको भारतीय बजार ठूठीबारीको मर्चहवा क्षेत्रबाट भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्ला ठूठीबारी जमुइकला गाउँका ४८ वर्षिय गोबिन्द गुप्ता (रौनियार ) छन् ।

शनिबार पक्राउ परेका गुप्तालाई मंगलबार ठूठीबारीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको त्यहाँका पत्रकार मनोज कुमार जोशीले बताए । नवलपरासीको सीमावर्ती क्षेत्रमा लुक्दै आएका गोबिन्द लुकेर मर्चहवा जाने क्रममा पक्राउ परेका हुन् । उनलाई नवलपरासी प्रहरीले समेत खोजी गरिरहेको थियो ।

१५ दिनअघि गोबिन्दको घरमा रहेको गोदामबाट करिब ६ सय ६८ करोड रुपैयाँ बराबरको लागूऔषध भारतीय प्रहरीले बरामद गरेको थियो । भारतीय प्रहरीले बरामद गरेका विभिन्न सिरफ, ट्याब्लेट, सिरिञ्ज, एप्पुललगायतका लागूऔषधको अन्तराष्ट्रिय मूल्यको आधारमा ६ अर्ब ६८ करोड भारतीय रुपैयाँ बताउँदै आएको छ ।

प्रहरीले ६ सय ६८ करोड रुपैयाँको लागूऔषध रहेको बताए पनि ठूठीबारी बजारमा बिक्री गरिने मूल्य करिब २ करोडको हाराहारीमा रहेको औषधि व्यवसायीहरुले बताउँदै आएका छन् । लागूऔषध बरामदसँगै उनका भाई रमेशलाई पक्राउ गरेपनि मुख्य नाइके गोबिन्द भने फरार रहेका थिए ।

पक्राउ परेका गोबिन्दले आफूले यसअघि पनि लागूऔषधको कारोबार गर्दै आएको बताएका छन् । आफूले लागूऔषध कोलुई बजारका एक व्यक्तिको सहयोगमा ल्याउने र सबै लागूऔषध नवलपरासीको नाकाहुँदै नेपाल पठाउने प्रहरी समक्ष बताएका छन् ।


ठूलो परिमाणमा लागूऔषध पक्राउ परेपछि फरार रहेका गोबिन्दको खोजबिन गर्न कोतवाली थाना ठूठीबारीका थानाअध्यक्ष (सव इन्स्पेक्टर) सञ्जय दुवेको नेतृत्वमा ३ सदस्यिय एसआइटी टिम (विशेष अनुसन्धान टोली) गठन गरेको थियो । प्रहरीले फरार रहेका गोबिन्दलाई पक्राउ गरेर बुझाउने वा सूचना दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..