पूर्वप्रधानमन्त्री डा.भट्टराईले माधवकुमार नेपाललाई दिए बधाई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (एमाले) मा विद्रोह गरी नयाँ पार्टी बनाएकोमा माधव नेपाललाई बधाइ दिनुभएकाे छ ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ भन्दै माधव नेपालसहितका नेतालाई बधाइ दिनुभएकाे हाे ।

उहाँले पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमानिए पनि पुरानोको ध्वंसविना नयाँ निर्माण नहुने बताउनुभएकाे छ ।नेता भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ-‘ढिलै भए पनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाँ’ घर बनाउने अभियानमा लाग्नुभएका माधव नेपाल र साथीहरुलाई बधाइ तथा शुभकामना, पार्टीहरू फुट्नु सामान्यतः राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न । अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस् !’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..