नेपाल निकट यादवचन्द्र शर्मा बागमती प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं । देउवा सरकारले यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रमुखका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले शर्मालाई बागमती प्रदेशको प्रमुखका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो। 

राष्ट्रपतिबाट नियुक्त भएर सपथ खाएपछि उनले आफ्नो पद सम्हाल्ने छन्।

शर्मा माधवकुमार नेपाल निकट हुन्। नेपालले एमाले विभाजन गर्दै एमाले समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएको भोलिपल्टै प्रधानमन्त्री देउवाले उनलाई पनि भागबण्डा सुरु गरेका छन्।

शर्मा बागमती प्रदेशका तेस्रा प्रमुख हुनेछन्। अहिले सो प्रदेशमा विष्णु प्रसाईं प्रमुख छन्। उनीअघि अनुराधा कोइराला प्रदेश प्रमुख थिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..