काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।मंगलबार अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको बैठकले उनीहरुलाई पार्टी विधानविपरित कार्य गरेको भन्दै कारवाही स्वरुप सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको एक नेताले बताए । एमालेले १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा मंगलबार पत्र दर्ता गरेको हाे ।
कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी छन् ।
संसद सचिवालयमा एमालेले बुझाएको पत्रको व्यहोरा यस्तो छ :
श्री संघीय संसद सचिवालय, सिंहदरबार काठमाडौ ।
विषय–दल त्याग गरेको सूचना सम्बन्धमा
यस दलको प्रतिनिधि सभाका देहायका माननीय सदस्यहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ (१) को क बमोजिम कार्य नगरी दलको निर्देशन ह्वीप उलंघन गरेकोले यस दलको केन्द्रीय कमिटीको मिति २०७८ साउन २५ को निर्णयअनुसार ऐनको दफा ३२(२) बमोजिम प्रतिनिधि सभा सदस्य समेत नरहनेगरी यस दलबाट समेत निस्कासन गरिएकोले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपि समेत यसैसाथ राखी यो सुचना प्रकाशित गरिएको छ ।
यस विषयमा तत्काल संसदलाई जानकारी गराई दफा ३६ बमोजिम स्थान रिक्तको सुचना निर्वाचन आयोगमा शिघ्र दिनुहुन अनुरोध छ । केन्द्रीय कमिटीको माइन्युट साथै संलग्न छ ।
तपसिल :
माधवकुमार नेपाल
जीवनराम श्रेष्ठ
मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री
कल्याणीकुमारी खड्का
लक्ष्मी चौधरी
निरुदेवी जैरु
पुष्पाकुमारी कर्ण
सरलाकुमारी यादव
कलिला खातुन
विरोध खतिवडा
कृष्णलाल महर्जन
भवानी खापुङ
मेटमणि चौधरी


