एमाले सांसद श्रेष्ठको घरमा नेपालसहितका नेताको भेला

काठमाडौं । पार्टी विभाजनको हल्ला चलिरहेको बेला एमालेका सांसद किसान श्रेष्ठले आफू निकटका सांसदहरूसँग परामर्श गरेका छन् ।


सांसद श्रेष्ठले आफ्नो निवासमा एमालेका करीव १०÷१५ जना सांसदसँग मंगलबार परामर्श गरेका हुन् । स्रोतका अनुसार सांसद श्रेष्ठको छलफलमा केही ढिला गरेर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि पुगेका थिए ।सांसद श्रेष्ठसहित २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

सांसद श्रेष्ठ पहिला एमालेका अध्यक्ष खड्गप्रसाद ओली समूहमा थिए ।उनले देउवालाई विश्वासको मत दिएर नेपाल समूहतिर आफ्नो कित्ता क्लियर बनाएका छन् । एमालेका सांसद श्रेष्ठले तनहुँमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई हराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..