बलात्कारका घटना बढ्दो, घरमै असुरक्षित छन् बालिका

गुल्मी । चार दिनअघि गुल्मीमा हाडनाता भित्रका दाजुले १३ वर्षीय बहिनी बलात्कार गरेको खबर सेलाउन नपाउँदै फेरि गुल्मीमा एक पुरुषले भतिजी पर्ने ५ वर्षीय बालिका बलात्कार गरेको घटना प्रकाशमा आएको छ ।

बिहीबार जिल्लाको कालिगण्डकी गाउँपालिका–७, भुर्तङ्गकी ५ वर्षीय बालिकालाई काका नाता पर्ने ३६ वर्षीय पुरुषले बलात्कार गरेको तथ्य उजागर भएको हो । शुक्रबार पीडित बालिका र आरोपित पुरुषलाई त्यहाँबाट सदरमुकाम ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा बलात्कारका घटना बढ्न थालेको छ । बलात्कारमा घर परिवारकै पुरुषको संलग्नता समेत बढ्न थालेको छ । ४ दिन अघि मदाने गाउँपालिका–१ अग्लुङ्गका १७ वर्षीय किशोरले बहिनी पर्ने १३ वर्षीय बालिकालाई बलात्कार गरेको घटना प्रकाशमा आएको थियो । उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गत चैत १५ गते रेसुङ्गा नगरपालिका–८ की १४ वर्षीय किशोरीले जिल्ला अस्पतालमा छोरालाई जन्म दिइन् । पीडित किशोरीले आफ्नै बाबुले पटक पटक बलात्कार गर्दै आएको र उनै बाबुले गर्भधारण गराएको बयान दिइन् । पीडक बाबु अहिले जिल्ला कारागारमा छन् ।

गत माघ २६ मा मालिका गाउँपालिका–४ का २९ वर्षीय जगतबहादुर रानाले अपाङ्गता भएकी १३ वर्षीय बालिकालाई बलात्कार गरे । प्रहरीले उनलाई पक्राउ कानुनी कारवाही अघि बढाइसकेको छ । राना अहिले कारागारमा छन् । जिल्ला अदालतका अनुसार पछिल्लो एक वर्षमा ३५ वटा बलात्कार तथा बलात्कार प्रयासका मुद्दा अदालतमा दर्ता भएका छन् । तीमध्ये ३० बलात्कार र ५ बलात्कार उद्योगका मुद्दा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..