सेना मेरो कार्यकालमा सामूहिक भावनाबाट अघि बढ्छ :कामु प्रधानसेनापति शर्मा

काठमाडौँ । नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले सेना सामूहिका भावनाबाट अघि बढ्ने बताएका छन् । प्रिन्सिपल स्टाफ अफिसर्स (पिएसओज) र चार कमाण्डका सेनापतिलाई बिहीबार निर्देशन सम्बोधन गर्दै सेनापति शर्माले आफ्नो कार्यकालमा सेना सामूहिक भावनाबाट अघि बढ्ने बताए ।

उनले सेनालाई थप व्यवसायिक बनाउंदै लैजाने र चेन अफ कमाण्डलाई भने कडाईका साथ लागु गर्ने स्पष्ट पारेका छन् । नेपाली सेनामा कमाण्ड संरचना लागु भइसकेको भन्दै उनले सिधै रिपोर्टिङ गर्ने प्रवृतिलाई आफुले स्विकार नगर्ने धारणा राखेका थिए ।प्रधानसेनापति पूर्णचन्द्र थापा विदा बसेपछि सेनाको कमाण्ड शर्माले सम्हालेका छन् ।

सेनामा व्यवसायिक अधिकृतका रुपमा चिनिएका शर्माले बिहीबारबाट जंगीअड्डाका विभिन्न विभाग र उपत्यकाका युनिटहरुमा निरीक्षण भ्रमण पनि सुरु गरेका छन् । उनि भदौ २६ पछि नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् ।कायममुकायम प्रधानसेनापति शर्माले कोभिड–१९ को महामारीका बेला सरकारले दिएको दायित्व पूरा गर्न सेना पछि नपर्ने धारणा समेत राखेका थिए ।

उनले त्यसमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन समेत दिए । सेनालाई प्रचलित सैनिक, मूल्य, मान्यता र संस्कारबाट बाहिर जान नदिने शर्माको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..