डीएसपी तामाङ भ्रष्टाचारी ठहर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेशन’का क्रममा रंगेहात पक्राउ गरेको डिएसपी रमेशकुमार तामाङलाई सर्वोच्च अदालतले भैष्टाचार मुद्धामा दोषी ठहर गरेको छ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पूर्वडीएसपी तामाङलाई सजाय गर्ने विशेष अदालतको निर्णय सदर गरेको छ।तामाङ ५० हजार घुसहित पक्राउ परेका थिए।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गासम्बन्धी उजुरी विषयमा घुससहित पक्राउ गरेको थियो। पक्राउ परेपछि अनुसन्धान अघि बढाएको आयोगले सोही प्रमाणको आधारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।२०७३ साल मंसिर २६ गते विशेष अदालतले तामाङले लिएको रकम घुस नभइ दान दातव्य वा सहयोग लिएको ठहर गरेको थियो। विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई र सदस्य महेशप्रसाद पुडासैनीको इजलासले यस्तो निष्कर्ष निकाल्दै उनलाई ३ महिना कैद सजायको फैसला सुनाएको थियो।

विशेष अदालतको फैसलामा असन्तुष्टी जनाउँदै अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दिएको थियो। अख्तियारले तामाङले दान नभइ घुस नै लिएको दाबीसहित दिएको पुनरावेदमाथि २०७३ फागुन २३ मा फैसला सुनाउँदै सर्वोच्चले विशेष अदालतको फैसला सदर गरेको थियो।मीनभवन क्याम्पसअगाडिको जग्गा विषयमा भक्तपुर सिरुटारका रामकृष्ण हुमागाईं र त्यहाँ बस्ने गणेशलाल अवालेबीच विवाद भएको थियो।

विवादपछि अवालेले हुमागाईँमाथि गालीगलौज गरी उनको बेइज्जत गर्ने प्रयास गरेका थिए। त्यसपछि उनले प्रहरीमा अवालेले कारबाही गर्न उजुरी दिएका थिए। कारबाहीका लागि माग गर्दै महानगरी प्रहरी वृत्त, बानेश्वरमा उजुरी दिएपछि प्रहरीले घटनास्थलमा गई मुचुल्का उठाए पनि मुद्दा चलाएन।

कारबाही प्रक्रिया अघि नबढेपछि हुमागाईँले घटनाबारे प्रहरीसँग बुझ्ने निर्णय गरे। सोही बेला कारबाही प्रक्रिया अगाडि बढाउन डीएसपी तामाङले हुमागाईंसँग ५० हजार लिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..