प्रमुख सेनानी संगित पुनको नेतृत्वमा १३९ जना शान्ति सैनिक माली पुगे

काठमाडौं । आन्तरिक द्वन्द्व र सशस्त्र सघर्षपछि मालीमा बिच्छाईएका बमहरु डिस्पोजलका सार्थै त्यहाँ शान्ति स्थापनाका लागि नेपाली सैन्य टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।


सब्युक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ श्री ईओडि गुल्म शान्ति सेना सातौं डफ्फालाई बदली गर्नको लागि प्रमुख सेनानी संगित पुनको नेतृत्वमा आठौं डफ्फाको १३९ जना नेपाली शान्ति चार्टड फल्लाईटमा त्यसतर्फ गएका हुन् ।

यस्तै मालीमा आफ्नो कार्यकाल समाप्ती पश्चात नेपाली शान्ति सैनिकहरुको टोली पहिलो फ्लाईटमा सेनानी निर्मल खड्काको नेतृत्वमा ९७ जना मंगलबार नै नेपाल आईपुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरूको पालना गरिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..