ओलीलाई रमेशजङ्ग रायमाझीको प्रश्न-बालुवाटारमा ‘रअ’का प्रमुखलाई कसले भित्र्यायो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीका बालुवाटारमा रातारात भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई कसले भित्र्यायो भनेर प्रश्न गर्नुभएको छ ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्नुहुँदै उहाँले ‘रअ’का प्रमुखलाई रातारात बालुवाटारमा भित्र्याएपछि नै तत्कालीन सरकारले ‘चुच्चे नक्शा’ लुकाएको आरोप लगाउनुभो ।

सांसद रायमाझीले ओली भ्रष्टाचारीका राजनेता भएको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो, ‘संसद विघटन गरेर संसद समाप्त गर्ने महानायक, भ्रष्टाचारका महानायकले त्यो कदम चालेपछि सांसदहरु बाध्य हुनुभयो नयाँ सरकार बनाउन । यो अवस्था कसले ल्यायो ? हामीले ल्याएको हो ? भ्रष्टाचारका महानायक, भ्रष्टाचारी राजनेता भन्नुस् म स्वीकार्न तयार हुन्छु । भ्रष्टाचारीलाई राजनेता भन्ने ?’

ओली नेतृत्वको सरकारका पालामा भएको औषधि खरिदको अनियमितताबारे छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘ओली सरकार भ्रष्टाचारमा डुब्यो । कोरोना औषधिमा समेत ओली सरकारले अरबौं भ्रष्टाचार भएको छ । यसबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गरियोस् ।’

रायमाझीले दुई तिहाई बहुमतको नजिक पुगेर पनि सरकार चलाउन किन नसकेको भनेर प्रतिपक्षका सांसदहरुलाई प्रश्न गर्नुभयो । २०७४ सालको निर्वाचनपछि सुटुक्क प्रचण्डलाई बोलाएर ओलीले पार्टी एकता गरेको स्मरण गराउँदै भन्नुभयो, ‘त्यो एकतालाई कायम राख्न नसक्ने, अनि अहिले काँग्रेसलाई दोष देखाउने ?’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..