बानेश्वरबाट ६ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० स्थित मध्य बानेश्वरबाट प्रहरीले जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोलीले रामकृष्ण केसीको घरमा रहेको जुवा खालमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

जुवा खेल्नेहरूको साथबाट ४ लाख ४८ हजार ५ सय नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

रामकृष्ण केसीको साढे दुई तले घरको ग्राउन्ड फ्लोरमा उनीहरुले हारजित हुनेगरी जुवा खेलेका थिए । आरोपीहरुबारे महानगरीय प्रहरी वृत बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..