नेपाली सेनाको जोमसोममा ‘हाई अल्टिच्युड’ तालिम

काठमाडौं । नेपाली सेनाले हिमालपारिको जिल्ला मुस्ताङको जोमसोममा ‘हाई अल्टिच्युड’ तालिम सुरु गरेको छ।नेपाली सेना तथा विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आइस क्राफ्टसम्बन्धी ज्ञान दिन जोमसोमस्थित उच्च शिखर शिक्षालयमा आइतबारदेखि तालिम सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

तालिम असोज १ सम्म चल्नेछ।तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत १६ जना र अन्यदर्जाका ६५ जना गरी जम्मा ८१ जना रहेका छन्।

यस्तै‚ अमेरिका, बंगलादेश, पाकिस्तान र दक्षिण कोरियाबाट अधिकृत तथा अन्यदर्जाका पाँचजना सहभागी भएको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..