शर्माले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाले

काठमाडौं । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् ।प्रधानसेनापति पूर्णचन्द्र थापा बिदामा बसेसँगै शर्माले आजदेखि कामु प्रधानसेनापतिको कार्यभार सम्हालेका हुन् ।

प्रधानसेनापति थापाको तीन वर्षको पदावधि भदौ २४ मा सकिँदै छ । उनले अनिवार्य अवकाश पाएका हुन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को साउन १२ को सिफारिसअनुसार शर्मालाई साउन १७ गते कामु प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् ।

शर्माले आमागी भदौ २४ गते नेपालको ४४औँ प्रधानसेनापतिको फुलि लगाउने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..