प्रधानसेनापति थापाद्वारा कालु पाँडे समाधिस्थलको उद्घाटन

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले काजी कालु पाँडे समाधिस्थलको उद्घाटन गरेका छन् । प्रधानसेनापति थापाले चन्द्रागिरी नगरपालिका दहचोकस्थित काजी कालु पाँडे समाधिस्थलको उद्घाटन गरेका हुन् ।

सो अवसरमा काजी कालु पाँडे–काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका अध्यक्ष पूर्वरथी पवनबहादुर पाँडे, चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र वडा नं १ का वडाध्यक्ष राजेन्द्र केसीलगायतको सहभागिता रहेकाे थियो ।

सेनाको एकीकरण मार्ग कार्यक्रमअनुसार गढीकिल्लाको सम्भार, संरक्षण तथा प्रवद्र्धन गर्ने नीतिअनुरूप चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडे समाधिस्थलको निर्माण तथा स्तरोन्नति कार्य गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..