एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक भोलि, विधान मस्यौदामाथि छलफल गरिने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक सोमबार (भोलि) बोलाइएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न सोमबार बैठक बोलाइएको हो ।

उनका अनुसार स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गरिनेछ । त्यसपछि उक्त प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते तोकिएको छ, भने विधानअनुसार विधान महाधिवेशनको एक महिनाअघि सदस्यहरूलाई प्रस्ताव अध्ययनका लागि वितरण गर्नुपर्नेछ ।

त्यस्तै, तामाङका अनुसार सदस्यता नवीकरण र तल्ला तहका कमिटीहरूको गठन पुनर्गठनमा एमाले केन्द्रित हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..