काठमाडौं । नेकपा एमाले वरिष्ठ माधवकुमार नेपालले आफू जुनसुकै अवस्थामा पनि पार्टी एकताको पक्षमा रहेको बताउनु भएको छ । आफू निकट केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले अध्यक्ष केपी शर्मा ओलीसँग एकताको प्रयत्नमै रहेको सुनाउनु भयो ।
पार्टी एकताको लागि प्रयास जारी भइरहेको बेलामा पनि ओलीले आफूमाथि गाली गरिरहेको बताउदै सो अवस्थामाा पनि पार्टी एकताको प्रयासलाई नतोडेको नेता नेपालको भनाइ छ ।
केन्द्रीय कमिटीको बैठकमा उहाँले भन्नुभयो, ‘केपी ओलीले मलाई जति नै गालि गरेपनि अहिले पनि म पार्टी एकता होस भन्ने पक्षमा छु । एकताको प्रयास जारी नै राखेको छु।’
उहाँले नेताहरुलाई उच्च मनोवलका साथ पार्टी एकतामा लाग्न पनि आग्रह गर्नुभएको थियो ।


