इजरायलमा कामदार पठाउन निजी क्षेत्रको संलग्नता छैन : वैदेशिक रोजगार विभाग

काठमाडौं । सरकारले एक हजार नेपालीलाई इजरायलमा रोजगारीका लागि पठाउन लागेका बेला विचौलिया सलबलाउन थालेका छन् । नेपाल र इजरायल सरकारबीच भएको सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रकृयार सुरु भएको छ ।

इजरायलमा कामदार पठाउने सबै प्रकृया सरकारमार्फत नै हुने भए पनि विचौलियाहरुले सामाजिक सञ्जालमार्फत आवेदन माग गरेको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले सूचना जारी गर्दै छनौट प्रकृयामा कुनै पनि निजी क्षेत्र, व्यक्ति, म्यानपावर कम्पनी, कन्सलटेन्सीको भूमिका नरहेकोले भ्रममा नपर्न सूचित गरेको छ ।इच्छुक व्यक्तिले कुनै निजी व्यक्ति वा संस्थासँग सम्पर्क नगरी विभागको वेबसाइमा रहेको सूचना अध्ययन गरी तोकिएको मितिभित्र फाराम भर्न विभागले भनेको छ ।

विभागले यही साउनको १२ गते सूचना जारी गरी आवेदन माग गरेको थियो । सूचना जारी भएको २१ दिनभित्र अनलाइनबाट आवेदन दिने सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..