सेनाका २३३ जना दक्षिण सुडान प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत दक्षिण सुडानमा शान्ति स्थापनार्थ नेपाली सेना २३३ सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । अदली बदलीको नियमित प्रक्रियाअनुसार आज मिसन त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।


कालीध्वज गण १० औं डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्वमा श्रीजंग गण ११ औं डफ्फाका सेना गएका हुन । उनीहरु यूएन चार्टर्ड फ्लाइटमार्फत आज बिहान मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।


दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरू यही साउन २० देखि भदौ ३० गतेसम्म नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..