राष्ट्रपतिद्वारा प्रभुराम शर्मा कामु प्रधानसेनापतिमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम (कामु) प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।

राष्ट्रपछि भण्डारीले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

गत साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही मन्त्रिपरिषदको सिफारिस बमोजिम आगामी साउन २६ गतेदेखि लागू हुने गरी शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ती ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..