अध्यक्ष ओलीलाई नेम्वाङको रिपोर्टिङ : माधव नेपाल एकताको पक्षमा हुनुहुन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एकता प्रक्रिया पेचिलो बनेको छ । हिजो स्थायी कमिटी बैठक बस्ने र माधवकुमार नेपाल समूहलाई नपर्खिने अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै बोलेको थिए । तर, यसअघि विवाद समाधानको लागि गठित कार्यदलका सदस्यहरुले नै ओलीलाई विवाद समाधानको लागि अझै पहल गरौं र बैठक रोकौं भनेर प्रस्ताव गरेपछि हिजोको स्थयाी कमिटी बैठक एजेण्डामा प्रवेश नै नगरी आज दिउँसो ३ बजे बस्नेगरि स्थगित् गरिएको थियो ।

तर, आजको बैठकमा पनि नेपाल पक्ष नआउने निश्चित् भएको छ । पार्टी एकताको लागि अध्यक्ष ओली तर्फका नेताहरुले नेता नेपालसँग लगातार छलफल तथा वार्ता गरिरहेका छन् । तर, नेता नेपालले ओली अध्यक्ष रहेको कमिटीमा आफू नबस्ने बताएको नेताहरुको भनाई छ । पछिल्लो समय नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भएपनि विवाद समाधानको लागि प्रयास गरिएको थियो । त्यसमा पनि नेता नेपालले असहमति जनाएका थिए ।

नेता नेपालसँग निरन्तर सम्पर्कमा रहेका ओली पक्षधर नेता सुवास नेम्वाङले त नेता नेपाल एकताको पक्षमा नरहेको कुरा अध्यक्ष ओलीलाई ब्रिफिङ गरेका छन् । हिजोमात्रै पनि नेम्वाङ र विष्णु पौडेलले नेता नेपालसँग छलफल गरेका थिए । अध्यक्ष ओलीले पनि नेपालबिनाको एमाले बनाउने तयारी थालेका छन् । हिजोमात्रै एमाले जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले माधव नेपाललाई अब एमालेमा कुनै स्थान् नभएको भन्दै गद्दारको संज्ञा दिएका थिए ।

उनले अब आउने साथीहरु आउँदै गर्छन् तर एकताको नाममा अब कसैलाई नपर्खने बताईसकेका छन् । आजको ३ बजेको बैठक कुनैपनि हालतमा नसर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनकाअनुसार आजको बैठकमा विधान महाधिवेशनको तयारी,केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरण लगायतका सांगठनिक विषयमा केन्द्रित हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..