नेकपा एमालेका नेताहरुको बैठक सम्पन्न,पार्टी एकता चाँडै टुँगो लगाउने नेता विष्टको भनाई

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले बेग्ला बेग्लै कार्यक्रम आयोजना गरिरहेको बेलामा दोस्रो तहका नेताहरु भने पार्टी एकताको लागि छलफलमा बसेका छन् ।

यसअघि विघटित दश सदस्यीय कार्यदलमा आवद्ध नेताहरुको आज सिंहदरबारमा बैठक बसेको थियो । उक्त बैठकले पार्टी एकताको लागि गम्भीर पहल गर्ने सहमति गरेको छ ।

माधव नेपाल समूहका नेता गोकर्ण विष्टले पार्टी एकता प्रकृया चाँडो टुंग्याउनेष्रि आफूहरु छलफलमा जुटेको स्पष्ट पारे । उनले यसअघि कार्यदलले अघि सारेको १० बुँदे प्रतिवेदन कार्यान्वयनमा जोड दिएको पनि जनाए ।

उनले पार्टी एकता गर्दा ठूलो क्षति हुनेभन्दै यसतर्फ सबै सचेत हुनुपर्ने र गम्भीर भएर एकताको लागि पहल गर्नुपर्नेबारे आजको बैठकमा छलफल भएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..