आफू संलग्न निजी स्वास्थ्य संस्थाबाट अलग हुने नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफू संलग्न निजी स्वास्थ्य संस्थाबाट अलग हुने घोषणा गरेका छन् । निजी संघसंस्थामा रहेको आफ्नो आबद्धता तत्काल् परित्याग गर्ने उनको घोषणा छ । गैर नाफामुलक र सामुदायिक स्वास्थ्य संस्था स्थापनाका लागि आफू सक्रिय रहेको श्रेष्ठको भनाई छ । सञ्चारमाध्यमले आफूलाई बुझ्न नसकेको गुनासो गर्दै उनले अब त्यस्ता संस्थासँग रहेको आबद्धता तोड्ने घोषणा गरे । आगामी एक सय दिनको कार्ययोजना तयार गरिरहेको श्रेष्ठको भनाई छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठका अनुसार सरकारले कोभिड – १९ विरुद्धको थप डेढ करोड खोप खरिद गर्न लागेको हो । खोप खरिद तथा व्यवस्थापन आफ्नो उच्च प्राथमिकतामा रहेको समेत उनले सुनाए । सरकार तेस्रो लहरको तयारीमा जुटिसकेको राज्यमन्त्री श्रेष्ठको भनाई छ । उनले ८ लाख डोज खोप तत्काल आउन लागेको र एक सातामा थप १६ लाख खोप आउन लागेकोसमेत जानकारी दिए ।

रोटरी क्लब काठमाण्डपले राजमन्त्री श्रेष्ठलाई गरेको सम्मान कार्यक्रममा उनले १२ बर्ष भन्दा माथिका सबै नेपालीलाई करिब ५ करोड ५० लाख डोज खोप आवश्यक रहेको बताए ।

खोप व्यवस्थापन गर्न सक्छु भन्ने हिम्मतसाथ काम गरिरहेको भन्दै त्यसको चाँडो व्यवस्थापन हने दावी गरे । भारत, चीन र अमेरिकाबाट ९७ लाख डोज खोप आइसकेको छ । अहिले ७ लाख खोप स्टकमा रहेकोले त्यसलाई धमाधम लगाउने काम छ ।

खोपको प्राथमिकतामा अग्रमोर्चामा रहेका व्यापारी, पर्यटन क्षेत्रका मानिसहरु, स्वास्थ्य कर्मी, शिक्षक, विद्यालयका स्टाफ, सार्वजनिक गाडीका चालक, सहचालक लगायत रहेको राज्यमन्त्री श्रेष्ठको भनाई छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..