४० लाखसहित झापामा एक पक्राउ

काठमाडौं । झापामा स्रोत नखुलेको ४० लाख ३७ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो १२ बजे झापा गाउँपालिका- २ बेलाईतिवारीबाट स्थानीय ५० को गौरी मण्डललाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४० लाख ३७ हजार ६७० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले मण्डललाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..