रावलले राजीनामा फिर्ता लिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का नेता भीम रावलले संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । संसद सचिवालयले प्रमुख प्रतिपक्षी दल, एमाले उपाध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य रावलले राजीनामा फिर्ता लिएको पुष्टी गरेको हो । 

रावलले साउन ३ गते आइतबार प्रतिनिधि सभाको बैठक अघि एमालेका केही सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि त्यसमा असन्तुष्टी जनाउँदै राजीनामा दिएका थिए । संसद भवनबाहिर सञ्चारमाध्यमका अगाडि राजीनामा पत्र पढेर सभामुखलाई राजीनामा बुझाउन गएका रावलले राजनीतिक विकृत भएकाले आफूले सांसद पद त्याग गरेको बताएका थिए ।

उनलाई राजीनामा घोषणा गर्ने क्रममा एमाले नेता सुरेन्द्र पाण्डे लगायतले रोक्न खोज्दा पनि नमानेर राजीनामा दिएका थिए । पछि एमाले अध्यक्ष ओलीले रावलको राजीनामा फिर्ता गराउन पहल गरिरहेको केन्द्रीय समितिको बैठकमा जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..