गृहका लागि सचिवहरुको दौडधुप

काठमाडौं । सचिवहरुको सरूवा दाैडधुप शुरू भएको छ। सबैभन्दा आकर्षक गृह मन्त्रालयका लागि सचिवहरुको सधै दौडधुप शुरू भएको छ । वर्तमान गृहसचिव महेश्वर न्यौपाने झण्डै दुई वर्षसम्म गृहमै बसेका छन् । अहिले सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको छ र गृह मन्त्रालय पनि कांग्रेसको पोल्टामा छ । त्यसैले गृहमा जान अहिले बहालवाला सचिवहरुले दौडधुप शुरु गरेका छन् ।

वर्तमान गृहसचिव न्यौपानै गृहमै कायम रहन विभिन्न माध्यमबाट प्रयास जारी राखेका छन् । भक्तपुरका न्यौपानेलाई केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका पालामा स्थानीय एमाले नेता महेश बस्नेत सहितका भक्तपुरवासीले गृहमा ल्याउन भूमिका निभाएका थिए । गोकर्णमणि दुवाडी तथा कृष्णहरी पुस्कर पनि गृहको लाइनमा छन् । पुस्कर केही दिन अघिमात्र सहसचिवबाट सचिवमा बढुवा भएका छन् ।

अहिले उनी मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा छन् । उनको पदस्थापन हुन बाँँकी छ । यसैगरी पर्यटन सचिव यादव कोइराला, श्रम सचिव सूर्य गौतम तथा संघीय मामिला सचिव एकनारायण अर्याल पनि गृहसचिव हुन दौडधुपमा छन् ।

कोइराला, गौतम र अर्यालले केपी ओली नेतृत्व सरकारको पालामा प्रायः ‘राम्रो ठाउँ’ पाएका थिए । अर्याल काठमाडौं महानगरपालिकाको सचिव पनि भएका थिए । गृह सचिव हुने दौडमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल , राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..