स्वर्गीय संगिता स्मृति प्रतिष्ठाको सहयोगमा २५ घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण

विसुनदेव सरदार / लहान । एपलो ॐ माध्यमिक विद्यालयका फाउन्डर तथा सामाजिक अभियन्ता महेश चौधरी आज आफ्नै निज निवास लहान -७ मा २५ जना  महिलाहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो।

स्वर्गीय संगिता कर्माचार्य  स्मृति प्रतिष्ठान लहान ७ को सहयोगमा लहान नगरपालिका वडा नम्बर १ , ३ र ४ का २५ जना मरिक घर परिवारलाई १० किलो चामल , १ किलो नुन,१ किलो  खाने तेल , र १ पिस साडी वितरण गरेका हुन।

अभियन्ता चौधरी आफ्ना स्वर्गीय श्रीमती संगिता कर्माचार्यको सम्झना र ४५ औं दिनको पुण्यतिथिलाई अवसर पारी खाद्यान्न वितरण कार्यक्रम गरेका हुन।अभियन्ता महेश चौधरी समाजमा आफ्ना छुट्टै पहिचान बनाएको देखिन्छ ।वहाँले गरिदै आएका कामहरु र सहयोगको भावनालाई चौतर्फी प्रशंसा समेत भइरहेको छ।

खाद्यान्न सामाग्री वितरण र सामाजमा  सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको र दिने प्रतिवद्धता दिदै कार्यक्रम सम्पन्न गरेका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..