रौतहटस्थित माधव कुमार नेपालको घरमा प्रहरीको निगरानी

रौतहट । युवा संघ रौतहटको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै रौतहटमा रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको घरमा कडा सुरक्षामा राखिएको छ ।रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको नेता नेपालको घरको सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहले युवा संघले चन्द्रनिगाहपुरमा गर्ने भनेको विरोधको क्रममा नेपालको घरमा क्षति पु¥याउनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

चन्द्रपुर नगरपालिका–४ मा रहेको नेता नेपालको घर प्रवेश गर्ने दुवै तर्फी बाटो र घर अगाडि प्रहरी परिचालन गरिएको छ । सो बाटो हुँदै आवतजावत गर्ने स्थानीयमाथि प्रहरीले कडा निगरानी गरिरहेको छ ।केही वर्ष अगाडि मात्र निर्माण गरिएको उक्त घरमा हाल आरडीसी नेपाल नामक संस्थाले भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ ।

नेता नेपाल रौतहट आएको बेला सोही घरमा बस्ने गरेका छन् ।उनको जिल्ला सदरमुकाम गौरमा पनि घर रहेको छ । त्यहाँको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..