नेकपा एमालेका २२ सांसदको बैठक : ओलीलाई अध्यक्ष छाड्न आग्रह

काठमाडौं । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निकट २२ सांसदले एमालेलाई एक बनाउनका लागि पार्टी अध्यक्ष केपी ओलीलाई अध्यक्ष पद छाड्न आग्रह गरेका छन् । २२ सांसदको आज बसेको बैठकले एमालेको एकताका लागि ओलीले अध्यक्षबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् ।


प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदको मंगलबार बसेको बैठकले पार्टी अध्यक्ष ओलीलाई प्रतिशोधको राजनीति नगर्न पनि आग्रह गरेको छ ।सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

आज माधव नेपाल पक्षीय सांसदहरुले प्रतिशोधको राजनीति छाडेर क्षमाशील हुन र अध्यक्षबाट राजीनामा दिई पार्टीलाई एकताको मार्गमा लान आग्रह गरेको हो ।


बैठकमा प्रतिनिधिसभा पुनस्र्थापनाका लागि खेलेको भूमिका र पार्टीले लिनुपर्ने आगामी बाटोबारे छलफल भएको माधव नेपाल पक्षीय सांसद बिरोध खतिवडाले जानकारी दिएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको मिडियाबाट थाहा पाएको पत्र नपाएको खतिवडाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..