खनाललाई प्रधानमन्त्रीको फोन-‘चिन्ता नगर्नुस्, उपचारको सबै खर्च सरकारले व्यहोर्छ’

काठमाडौं । मंगलबार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्म पत्नी सीता दाहाल भेट्न पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग पनि फोनमा बोल्नुभएको छ ।


अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको पछिल्लो स्वास्थ्य अवस्थाबारे अपडेट भएपछि प्रधानमन्त्री देउवाले प्रचण्डकै टेलिफोनमार्फत् भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री देउवाले नेता खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचार खर्चको कुनै चिन्ता नगर्न सुझाव दिनुभएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा अनुसार खनालको उपचारको सबै खर्च सरकारले तिर्नेछ ।


प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै उनले भनेका छन्, ‘उपचार खर्चको चिन्ता नगर्नुस्, सरकारले मिलाउँछ । तपाईं छिटो निको भएर फर्किनुस् भन्नुभयो ।’मिर्गौलामा समस्या देखिएपछि नेता खनाल दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..