काठमाडौं । एमाले सांसद् रामकुमारी झाँक्रीले आफूहरुको सांसद पदलाई हतियारसँग तुलना गरेकी छन्। प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद् भवन पुगेकी झाँक्रीले भीम रावलको राजीनामा सन्दर्भमा प्रतिक्रिया दिँदै त्यो बाटोबाट संविधान बलियो नहुने बताइन्।’उहाँले व्यक्तिगत रुपमा कुन इस्यूमा राजीनामा दिनुभयो।
मलाई जानकारी भएन। राजीनामा दिएर संविधान बलियो हुने, संसद् जोगिने, लोकतन्त्रलाई सुदृढ गर्ने कुरा मैले देख्दिनँ। त्यसकारण भएको हतियारलाई फालेर अर्को कुरा गर्नु, मलाई त्यस्तो लाग्दैन।
अहिले हामीसँग भएको हतियार भोट दिने हो। यो हतियार भोट दिएर संसद्लाई क्रियाशील बनाउने हो’, उनले भनिन्।झाँक्रीले एमालेको आफ्नो पक्षका सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताइन्।


