ओली भेट्न भीम रावल बालुवाटारमा,कार्यावाहक अध्यक्ष पाउने आश्वासन

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । हिजो राति १० बजे कार्यदलले १० बुँदे सहमति गरेको छ। उक्त सहमति कार्यान्वयनबारे आशंका भैरहेको बेला रावल भने प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् ।

उक्त सहमतिबारे माधव नेपालको असहमति रहेको कुरा आएको छ । नेपालले सामाजिक सञ्जाल फेशबुकमार्फत उक्त सहमतिमा अदालतको फैसलालाई प्रभावित पार्ने खालको भाषा रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । तर, रावलले भने उक्त सहमतिमा माधव नेपालको पनि पूर्ण समर्थन रहेको दाबी गरेका छन् ।

उनले सहमतिपत्रमा हस्ताक्षर गर्नुपूर्व आफूले नै माधव नेपालसँग कुरा गरेको र सहमति लिएको पनि दाबी गरे । पुष ५ गते र अहिले दोस्रो पटक संसद् विघटन गर्दासम्म प्रधानमन्त्री ओलीको सबैभन्दा कडा आलोचना गरेका रावल पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकट छन् ।

रावल र प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि नै एमालेको कार्यदल ब्यँुतिएको हो । रावल माधव नेपालको तर्फबाट कार्यदलको संयोजक हुन् । नेता रावल एकाएक ओलीप्रति नरम र पार्टीमा ओलीलाई नै शक्तिशाली बनाउन लाग्नुको कारण चाहीँ उनले पार्टीमा कार्यावाहक अध्यक्षको जिम्मेवारी पाउने आश्वाउन पाउनु नै रहेको उनीनिकट नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..