प्रतिष्ठानका पदाधिकारी बर्खास्त गर्न गोविन्द केसीको माग,प्रतिष्ठानभित्र मौलाएको आर्थिक, शैक्षिक अनियमितता

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठानका उपकुलपतिसहित चार जना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।उपकुलपति ज्ञानेन्द्र गिरीलगायत रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकले प्रतिष्ठानलाई धरासायी बनाएको भन्दै डाक्टर केसीले तत्काल बर्खास्त गर्न माग गरेका हुन् रमंगलबार प्रेस विज्ञप्ति जारी गर्दै डाक्टर केसीले भनेका छन्, ”अवस्था यतिसम्म भइसकेपछि बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन् ।

त्यसैले उनीहरुले तत्काल पद खाली गर्नुपर्छ ।”दलीय भागबण्डाका आधारमा नियुक्त भएका शीर्ष पदाधिकारीहरुले प्रतिष्ठानमा राजनीतिक दलको कार्यकर्ता भएर काम गरेको उल्लेख गर्दै डाक्टर केसीले पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्ने मागसमेत गरेका छन् ।भ्रष्टाचार भएको भन्दै प्रतिष्ठानमा चिकित्सक, विद्यार्थी र कर्मचारीहरु पनि आन्दोलित छन् ।


विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र मौलाएको आर्थिक, शैक्षिक अनियमितताको विरुद्धमा स्थानीय नागरिक सञ्जाल र कर्मचारी विद्यार्थी र चिकित्सकहरुले दिनहु नाराजुलुुस गरेर दबाब वढाउन थालेपछि प्रतिष्ठान प्रशासन वार्तामा आउन बाध्य भएको छ । १५ महिनाअघि उपकुलपति भएर आएका डा. ज्ञानेन्द्र गिरीले उनीहरुको गुनासोलाई समेत बेवास्ता गर्न थालेपछि धरानका राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले एक नागरिक दबाब सञ्जाल नै गठन गरेर ७ बुँदे मागपत्र उपकुलपतिलाई बुझाएका थिए । प्रतिष्ठानभित्र मौलाएको अनियमितता, अव्यवस्थापनलाई सुधार्ने विषयमा दिएको सो ७ बुँदे मागहरु ७ दिनभित्र पूरा गर्न अल्टिमेटम दिएका थिए ।

यता नागरिक सञ्जालको भन्दा चर्को नाराबाजी गर्दै आएका प्रतिष्ठानको चिकित्सक, विद्यार्थी र नर्सहरुले भने आफ्नो आन्दोलन जारी राख्दै वार्ताको टेबलमा पनि बसेका छन् । प्रतिष्ठानभित्र भएको अनियमितिताको विषयमा फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले अख्तियारका प्रमुखलाई एसएमएस गरेका थिए । सो एसएमएस अरुहरुलाई पनि पठाउन अनुरोध गरेका थिए । सोही विषयलाई लिएर उपकुलपति गिरीले उनलाई जेठ ३० गते स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण पत्रमा प्रतिष्ठानको नियमावलीमा उल्ल्ोखित आचारसंहिताविपरीत कार्य गरेकामा तपाईँलाई कारवाही किन नगर्ने भन्दै ३ दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरेको थियो ।

सो पत्र पाएपछि अनियमितताको विरोधमा पनि बोल्न नपाउनु भन्दै फ्याकल्टीका चिकित्सिक जेआर र विद्यार्थी नर्सहरु आन्दोलित बन्न पुगेका थिए । प्रतिष्ठानभित्र हुने अनियमितताको विरोधमा बोल्दै आएका फ्याकल्टी वेलफेयरका अध्यक्ष पोखरेल आफूलाई भिसीले स्पष्टीकरण सोध्न सक्छ । तर, उसलाई लाखौँ जनता, नागरिक समाज, चिकित्सक, विद्यार्थी कर्मचारीहरुले किन भ्रष्टचार अनियमितता गरिन्छ जसको कारण बिरामी मारिन्छ यसको जवाफ दे भन्दा किन दिन सक्नुहुन्न ? अनि यही सवाल हामीले उठाउँदा हामीलाई चाहिँ किन स्पष्टीकरण ? पोखरेललाई स्पष्टीकरण सोधेको दिनदेखि दिनहुँ उपकुलपतिको कार्यालय अगाडि नाराजुलुस र धर्ना दिने कार्यक्रम भइरहेको छ ।

आन्दोलित चिकित्सकहरुलाई हालै धरानमा गठन भएको नागरिक दबाब सञ्जाललगायत प्रतिष्ठानकै नर्स, विद्यार्थी कर्मचारीहरुको पनि सहयोग समर्थन प्राप्त हुन थालेको कुरा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपाली वताउछन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न काठमाडौंबाट स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहितको एक टोली धरान आउने भएको छ।


आन्दोलनरत पक्षले दिएको एक साताको अल्टिमेटम सकिन लाग्दासमेत प्रतिष्ठानका पदाधिकारीसँग वार्ता हुन नसकेपछि मन्त्रालयबाट नै टोली आउने भएको हो। आज दिउँसो धरान नागरिक दबाब सञ्जाल र वीपीका पदाधिकारीहरुबीच भएको छलफलको क्रममा स्वास्थ्य मन्त्रालयबाट एक टोली आउने जानकारी उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई आएको थियो। उपकुलपति गिरीले दबाब सञ्जाललाई पनि सोही जानकारी गराएका थिए।

असार १५ गते वार्ताको क्रममा उपकुलपतिको असामान्य बोली र व्यवहारले वार्ता भाँडिएपछि संघर्ष समितिले चारै जना पदाधिकारीको राजीनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेको छ। संघर्ष समितिले उपकुलपतिले मदिरा पिएर वार्तामा आएको आरोप लगाएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..