स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ

रुपन्देही । रुपन्देहीमा ३१ लाख ९० हजार रुपैयासहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका १ का २१ वर्षीय विनय कलवार र भारत उत्तर प्रदेश नौतनवाका ३५ वर्षीय सुरज गौण रहेका छन् ।

सिद्धार्थनगर नगरपालिका १ स्थित बाइपासमा मंगलबार दिउँसो लु २१ प २२१२ नम्बरको स्कुटीमा गइरहेको कलवार र गौणमाथि प्रहरीलाई शंका लागेको थियो । स्कूटी रोकेर चेकजाँच ३१ लाख ९० हजार रुपैया बरामद भएपछि दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुले रकमको स्रोत खुलाउन सकेका छैन । हुण्डीको कारोबारी रहेको आशंकामा प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि दुबै जनालाई राजश्व कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..