काठमाडौं । सोमबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर, मण्डलमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूहनिकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौं)ले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
विरोध प्रर्दशमा विद्यार्थी संगठनहरुले ‘राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ’ भन्ने प्लेकार्डसहित नाराबाजी लगाएका थिए ।सोमबार प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको अन्तिम बहस सकिएकै दिन विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।
विरोध प्रर्दशनमा प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै उनीहरुको नारबाजी लगाएका थिए ।


