विसुन देव सरदार / सिरहा । पुर्व पश्चिम राजमार्ग देखि ३ किलोमिटर दक्षिणमा पर्ने साविक गाउँ विकास समिति पिप्रा प्र.ध. वडा न. ६ ( रामपुर ) , हाल लक्ष्मीपुर – पतारी गाउँपालिका वडा नं. १ मा वर्षौंदेखि पुल निर्माण नहुदा स्थानीय लगायत ओहोरदोहोर गर्नेलाई समस्या भइरहेको छ। वडा अध्यक्षको करामत ; असारे विकासमा पुल निर्माण भएको देखिन सकिन्छ ।
गाउँमा करिब २ वर्ष देखि
पुल नहुदा आवतजावत गर्न सास्ती भएको देखिन्छ ।वडा अध्यक्ष र गाउँपालिका प्रमुख र लगायत स्थानीयहरुको रोहवरमा २ महिना अगाडि पर्व पुल शिलान्यास कार्यक्रम सम्पन्न भएका थिए।
उक्त पुल रामपुर बजारको पुर्वपट्टीको छेउमा पर्छ। पुलामा उत्तरी भेग पहाडको डाडाकाडाँबाट पानी आउँछ ।पुल नहुदा रामपुरका स्थानीयवासी दुःखको चपेटामा देखिएको हो ।पुल उदधाटन भयो , रकम निकासा भयो , तर कामकाज सुस्त किन होला छोटेराजा ? छोटेराजालाई मेरो प्रश्न रहेको छ।
जनतालाई असारे विकास चाहिदैन्न , दिगो विकासको स्वरुपमा परिवर्तन चाहियो ।राष्ट्र , समाज परिवर्तनका लागि दिगो विकास अपरिहार्य हुन्छ ।पुल निर्माण गर्दा असारे विकासको वर्षायामको मौसममा पुल निर्माण गर्नु आफैंमा एउटा लजास्पद हो ।


