अनलाइन मार्फत ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं । अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा चितवन रत्ननगर नगरपालिका-१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतोलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा अनाधिकृत पहुँच पुर्‍याई मेसेञ्जरबाट पीडितहरुसँग विभिन्न बहाना बनाई झुक्याई ४७ हजार रुपैयाँ मोवाइल बैंकिङबाट ट्रान्सफर गरीदिनु भनि ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय टाँडी चितवनसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..