सिरहामा प्रहरी र लागुऔषध कारोबारीबीच गोली हानाहान: एक भारतीय नागरिक घाइते

सिरहा । सिरहाको सीमावर्ती क्षेत्रमा प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ । जिल्लाको नवराजपुर गाउँपालिका-५ स्थित नेपाल-भारत सीमा क्षेत्रमा शुक्रबार दिउँसो दुई पक्षबीच भिडन्त भएको हो ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्लको कमान्डमा खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारी समूहलाई नियन्त्रणमा लिन खोज्दा उक्त घटना घटेको हो ।


प्रहरीले घेरा हाल्न खोजेपछि कारोबारी समूहले प्रहरी लक्षित गरी एक राउन्ड गोली प्रहार गरेका थिए । तर, उक्त गोलीबाट प्रहरीतर्फ कुनै क्षति नभएको जनाइएको छ ।

तसर्थ, आत्मरक्षा र कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले जवाफी कारबाहीमा दुई राउन्ड गोली चलाएको थियो । प्रहरीले चलाएको गोलीमध्ये एक गोली लागुऔषध कारोबारी समूहका सदस्य, भारतको मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा लागेको छ ।

घाइते कलामलाई नियन्त्रणमा लिएर उपचारका लागि पठाइएको छ भने घटना र संलग्न अन्य व्यक्तिहरूका बारेमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..