नवनियुक्त अख्तियार प्रमुख राईको नजर अब पुरानो फाईल

काठमाडौं । अख्तियारमा भ्रष्टाचार प्रकरणमा तामेलीमा राखेका कतिपय फाइललाई अब राईले पल्टाउने अपेक्षा र अड्कल काटिएको छ। कतिपयले भने क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचार, ललिता निवासमा भएको भ्रष्टाचार प्रकरणमा राई आक्रामक हुन सक्ने लख काटेका छन्।

यसबारे राईले सार्वजनिक रुपमा कुनै पनि टिप्पणी र बहस गरेका थिएनन्। बरु, ति विषयलाई उचाल्दै उनको हुर्मत लिनेगरी सामाजिक सञ्जालमा फेक आइडी बनाएर हल्ला चलाइयो।

तर परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भने धुलो परेका कतिपय फाइल खुल्ने संकेतसहितको अभिव्यक्ति दिएपछि चर्चा भएको थियो। उनले गुल्मी पुगेर त्यसो भन्नुको अर्थ अख्तियारमा राईको प्रमुख जिम्मेवारी सुरुआत हुनासाथ भ्रष्टाचार नियन्त्रणमा सरकार आक्रामक हुने अनुमान गरियो।

राईलगायतको नियुक्ति र शपथ रोक्नका लागि विघटित प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले सुनुवाईको पत्र फिर्ता गरेको एकल निर्णय गरेका थिए। जसमा संघीय संसदको लेटरहेडमा आफ्नो सहमति नभएको भन्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले विरोध जनाएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..