करेन्ट लागी मृत्यु


ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ४ क्याम्पस लाईन का ४८ बर्षीय सुर्य प्रकाश लिम्बुको करेन्ट लागी मृत्यु भएको छ ।

हिजो दिउसो साँढे ११ बजे फुङलिङ नगरपालिका ५ बिरेन्द्र चौक स्थित टेक बहादुर श्रेष्ठको घरमा बिद्युत लाईन बिग्रिएको कारण लाईन बनाउन बिजुलीको पोलमा चढ्दा करेन्ट लागी पोलबाट भुईमा बझारिन गई घाईते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा राती १२ बजे मृत्यु भएको हो ।

लिम्बु बिद्युत कार्यालय ताप्लेजुङका कर्मचारी रहेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..