सालोको सम्पत्ति हडप्ने लोभमा आफ्नै भदैको हत्या, फुपाजु सहित तिन जना पक्राउ

जनकपुरधाम । प्रदेश २ को पर्सामा सालोको सम्पत्ति हडप्ने लोभमा आफ्नै भदैको हत्या गरेको घटना सार्वजनिक भएको छ । पर्साको बहुदरमाई नगरपालिका ४ बहुअरी टोल बस्ने २१ वर्षीय अकलेश राउत यादवको हत्या उनकै फुपाजुले हत्या गरी रुखमा झुण्डयाएको घटना सार्वजनिक भएको हो ।

यादवको सम्पति हडप्ने लोभमा परी उनको हत्या उनकै फुपाजु पर्सागढी नगरपालिका ५ बस्ने ५१ वर्षीय भागरित राउत अहिरले गरेका हुन् । यादवको गत पुस १ गते मध्यान्ह १२ बजेको समयमा पर्सागढी नगरपालिका ६ चैनपुरस्थित रहेको उनकै खेतको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

यादवको फुपाजु भागरितले अन्य तीनजनासँग मिलेर हत्या गरी उनकै गलबन्दीले पासो लगाइ शवलाई झुण्डयाएका थिए । घटना भएको जानकारी पाउना साथ खटिएको प्रहरी टोलीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले मृतक यादवको हत्यामा संलग्न रहेका उनका फुपाजु भागिरतसहित अन्य दुईजनालाई पनि पक्राउ गरेको छ ।

भागीरतसँगै पक्राउ पर्ने अन्यमा पर्सागढी नगरपालिका ५ बस्ने ४१ वर्षीय शेष ताहिर मिया र २७ वर्षीय छठु पटेल भन्‍ने दिनेश पटेल रहेको पर्साका प्रहरी उपरीक्षक ( एसपी ) बेलबहादुर पाण्डेले जानकारी दिए ।

सम्पतिको एक्लो हकदार भएकाले यादवको हत्या मृतक अकलेश राउत यादव आफ्ना आमाबाबुको एक्लो छोरा थिए । साथै उनका ठुलो बुवाको सम्पतिको पनि उनी नै एकलो हकदार थिए ।

उनीसँग जग्गा जमिन लगायतका सम्पति पनि टन्‍नै थियो। सोही सम्पतिलाई हडप्ने लोभमा परी यादवको उनकै फुपाजुसहित ३ जना मिलेर हत्या गरेको एसपी पाण्डेले बताए ।

यादवको मृत्यु भए सम्पतिको हक खाने आफु हुने लोभमा परी उनकै फुपाजुसहित तीनजना मिलेर हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको पाण्डेको भनाइ छ । यादवको हत्या हुनुभन्दा दुई दिनअघि उनका फुपाजु भगिरतले मियाँ र पटेललाई आर्थिक प्रलोभनमा पारी हत्यामा संलग्‍न गराएको पाण्डेले बताए ।

भदैको हत्या गर्ने फुपाजुसहित पक्राउ परेका अन्य दुईजनाविरुद्ध कर्तव्‍य ज्यान मुद्दामा कारवाही प्रक्रियाअघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..