सुदूरपश्चिमका ३६ प्रहरी चालकलाई दरबन्दीमै फर्काउन डीआईजी भट्टराईको कडा निर्देशन

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत सवारी चालक प्रहरी कर्मचारीलाई अब दरबन्दी अनुसारकै कार्यालयमा खटाउन डीआईजी सानुराम भट्टराईले कडा निर्देशन दिएका छन्।

दरबन्दी भएको ठाउँभन्दा अन्य प्रहरी कार्यालयमा कार्यरत ३६ जना सवारी चालकलाई सम्बन्धित दरबन्दीमै फिर्ता पठाउन निर्देशन दिइएको हो।

डीआईजी भट्टराईले मातहतका प्रहरी कार्यालयलाई पत्राचार गर्दै कुनै बहाना नगरी ४८ घण्टाभित्र रमाना गरिसक्न स्पष्ट निर्देशन दिएका छन्।

प्रहरी संगठनभित्र जनशक्ति व्यवस्थापनलाई दरबन्दीअनुसार व्यवस्थित गर्ने उद्देश्यले आएको यो निर्देशनले जहाँ दरबन्दी, त्यहीँ जिम्मेवारी भन्ने सन्देश दिएको छ।

४८ घण्टाको समयसीमा—अब निर्देशन कार्यान्वयन हुन्छ कि फेरि कागजमै सीमित हुन्छ? निगरानीको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

एक वर्ष पुग्यो, सरुवा भएन : प्रहरीभित्र कमान्ड परिवर्तनमा किन ढिलाइ ?

एक वर्ष पुग्यो, सरुवा भएन : प्रहरीभित्र कमान्ड परिवर्तनमा किन ढिलाइ ?

काठमाडौं । प्रहरी संगठनमा सिनियर अधिकारीहरूको नियमित सरुवा समयमै हुन नसक्दा कमान्ड परिवर्तन प्रक्रिया लम्बिएको छ। प्रहरी नियमावलीअनुसार सामान्यतया जिल्ला प्रहरी प्रमुख, गण तथा ट्राफिक..