लागुऔषधसहित सिराहाका दुई ठाउँबाट ६ युवा पक्राउ

लहान । प्रहरीले नेपाल–भारतको सीमावर्ती क्षेत्र र लहान नगरपालिका वडा नम्बर – ३ स्थित अस्पताल चोकबाट प्रतिबन्धित लागुऔषधसहित ६ जना युवकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म माडर र इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँचको क्रममा सिराहा नगरपालिका– १५, बुधौरा गाउँ हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेका तीनजनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

म.प्र.०१–००४ प ६९६१ नम्बरको मोटरसाइकल चढेका सिराहा– १५, बुधौरा गाउँका करिब २४ वर्षीय मुकेश महरालाई रोकेर खानतलासी गर्दा उनको साथबाट खैरो हेरोइनजस्तो देखिने प्लास्टिकसहित ०.२३ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै, म.प्र.०१–००४ प ९८६२ नम्बरको मोटरसाइकल चढेका सिराहा– १३, फुलबरिया गाउँका करिब २० वर्षीय सतिश यादव र पछाडि बसेका सिराहा २० सिकाज्योतिका करिब २४ वर्षीय रमनकुमार यादवलाई खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो। रमनको शरीरबाट प्लास्टिकसहित ०.४३ ग्राम बरामद भएको छ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले त्यही दिन साँझ लहान नगरपालिका– ३, अस्पताल चोकस्थित ठाढी सडकखण्डबाट तीन युवकलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चेकजाँचको क्रममा लहान– ४ बस्ने करिब १८ वर्षीय श्यामबाबु रजकको साथबाट दुई एमएलका १५–१५ एम्पुल डाइजिपाम, बुप्रेनर्फिन, फेनार्गनसहित पक्राउ गरिएको हो। प्रहरीले रजकसँगै रहेका स्थानीय करिब १९ वर्षीय दिपेशकुमार यादव र सखुवानन्कारकट्टी गाउँपालिका– ५ का करिब १९ वर्षीय धीरज यादवलाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ( डीएसपी ) वीरेन्द्रकुमार पासवानका अनुसार छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित पक्राउ गरिएका ६ जनालाई शनिबारदेखि लागू हुने गरी आइतबार सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..