प्रक्रिया छलेर रामचन्द्र यादवले करोडौंको जग्गा लिलाम गरेपछि ऋणीले लगाए कृषि विकास बैंक लहानमा ताला

लहान । पूर्व प्रबन्धक राम चन्द्र यादवले प्रक्रिया छलेर बहुमूल्य जग्गा सस्तोमा लिलाम गरेको भन्दै ऋणीले कृषि विकास बैंक लहान शाखामा तालाबन्दी गरेका छन्। ऋणीको समर्थनमा आएका स्थानीयवासीहरूको सहयोगमा तालाबन्दी गरिएको हो।

तालाबन्दी गरि स्थानीयहरू बैंक परिसरमा नाराबाजी गरिरहेका छन्। कर्मचारीहरू भित्रै थुनिएका छन्। सेवा अवरुद्ध भएको छ। प्रहरीले बाहिर सुरक्षा दिइरहेका छन्। उनीहरूले जग्गा फिर्ता नभएसम्म आन्दोलन गरिने जनाएका छन्।

लहान नगरपालिका-२ का किसान रामचन्द्र यादवले पूर्व-पश्चिम राजमार्गमा टाँसिएकै ७ धुर जग्गा बन्धकी राखी ०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए। उनले मंसिर महिनाको पनि किस्ता तिरेको बताएका छन्। ब्याज सवाँ गरी हालसम्म १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसक्दा पनि जग्गा लिलाम भएको र यसले अन्यायमा परेको ऋणी यादवले बताए।

उनका अनुसार ०८१ कार्तिक २९ गते जग्गा लिलाम गरिदिने कर्मचारीले धम्की दियो। पैसा पटक-पटक बुझाइरहँदा पनि चलनचल्ती अनुसार १ करोड ४५ लाखमा बिक्री हुने जग्गा ३५ लाखमै लिलाम गरिदिएको यादवले सुनाए। कर्मचारीले आफूलाई लिलामी प्रक्रिया पनि जानकारी नदिएको उनको भनाइ छ।

बैंकका शाखा प्रबन्धक विवेक पौडेलले यो जग्गा लिलामी विषयमा केही बोल्न चाहेका छैनन्। केही महिनाअघि मात्रै उनी सरुवा भएर आएका हुन्। पूर्व प्रबन्धक राम चन्द्र यादवको पालोमा यो सबै भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..