अख्तियारद्वारा छिस्ती स्वास्थ्यचौकी भवन निर्माणमा भएको अनियमितता बारे छानबिन प्रक्रिया शुरु

जैमिनी । बागलुङको जैमिनी नगरपालिका–८ स्थित छिस्ती स्वास्थ्यचौकी भवन गुणस्तरहीन भएको गुनासो आएपछि अख्तियारले छानबिन प्रक्रिया शुरु गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले बागलुङस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमार्फत कागजपत्र मगाएर छानबिन शुरु गरेको हो।

अख्तियारको पोखरा कार्यालयले आफ्नो कार्यालयलाई पत्र लेखि छिस्ती स्वास्थ्यचौकी निर्माण सम्बन्धि कागजपत्र पठाउन भनेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका इन्जिनियर प्रवीणप्रताप अधिकारीले जानकारी दिए।

स्थानीय बासिन्दाले निर्माण सकिएर हस्तान्तरण नहुँदै चुहिएको, ढलान फुटेको तथा खोस्रेर हेर्दा बोरा र माटोसमेत भेटिएको प्रमाण देखाउदै बिरोध जनाएका थिए। त्यति बेला ठेकेदारबाट मर्मत गरेपछि मात्रै भवन उद्घाटन गर्न स्थानीयले माग गरेका थिए ।

उपभोक्ता समितिबाटै विरोध भए पनि पोखराबाट आएका प्राविधिकले राम्रो छ भनेर मूल्यांकन गरिदिएपछि गत वर्ष स्वास्थ्यचौकी उद्घाटन गरिएको थियो । उपभोक्ता समितिबाटै विरोध भए पनि पोखराबाट आएका प्राविधिकले राम्रो छ भनेर मूल्यांकन गरिदिँदा स्वास्थ्यचौकी जीर्ण भएको स्वास्थ्यचौकी इन्चार्ज सूर्यप्रकाश महताराको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..