ईपीएस परीक्षाको लागि आवेदन फारम भर्न दुई दिन म्याद थपियो

काठमाडौं । ईपीएस परीक्षाका लागि आवेदन फारम भर्न दुई दिन म्याद थप भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो ।

कोरियामा पानी जहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन म्याद थप भएको छ ।

यसअघि उनीहरूका लागि आवेदन दिने समय १६ गतेदेखि १८ गतेसम्मका लागि तोकिएको थियो । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै दुई दिन म्याद थप गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।

विभागको महानिर्देशकको निर्णय अनुसार उक्त म्याद दुई दिन थप गरिएको हो । आवेदन आह्वान गरिएको पहिलो दिन पुस १६ गते प्राविधिक कारणले अनलाइनमा समस्या आएको थियो । त्यस्तै मानवीय समवेदनालाई समेत मध्यनजर गर्दै २ दिन म्याद थप गर्ने निर्णय गरिएको महानिर्देशक घिमिरेको भनाई छ ।

आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै पानी जहाज निर्माण क्षेत्रका युवाहरूले आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको थियो । त्यसपछि उच्च अदालतले इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो ।

यसअघि सन् २०२३ मा एउटा क्षेत्रमा आवेदन फारम भरेकाहरूलाई अर्कोमा भर्न नपाउने भन्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..