गणेशमान सिंहको आदर्शलाई संगठन र व्यवहारमा स्थापित गरौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहले लोकतन्त्रका लागि देखाएको त्याग, साहस र निष्ठालाई पार्टीको संगठन र व्यवहारमा पुनः स्थापित गर्नुपर्ने बताएका छन्।

गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सभापति थापाले लोकतन्त्रका लागि जीवन समर्पण गर्ने सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

थापाले कठिन परिस्थितिमा समेत आफ्नो अडानबाट विचलित नभएका सिंहलाई साहसी, त्यागी र निष्ठावान् नेताका रूपमा स्मरण गरेका छन्।

उनले आगामी १५औँ महाधिवेशनलाई नेतृत्व चयन गर्ने अवसरमा मात्रै सीमित गर्न नहुने उल्लेख गरेका छन्।

समयसँगै चुनौतीहरू पनि परिवर्तन भएको उल्लेख गर्दै थापाले लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन अवस्थामा सही पक्षमा उभिने साहसको आवश्यकता अझ बढेको बताएका छन्।

उनले गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै कांग्रेसलाई नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘काठमाडौं म्याराथन’ प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन विशेष ट्राफिक सचेतना

‘काठमाडौं म्याराथन’ प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन विशेष ट्राफिक सचेतना

काठमाडौं  । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘काठमाडौं म्याराथन’ (Kathmandu Marathon) प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन धावकहरू, दर्शकहरू र आम सर्वसाधारणका लागि विशेष ट्राफिक सचेतना..