यसरी खुलाउँदैछन् प्रहरी महानिरीक्षक सिंहले प्रहरीमा ‘जाम’ रहेका काम

काठमाडौं । प्रहरी महानिरिक्षक ( आईजीपी ) धीरजप्रताप सिंहले प्रहरीमा जाम रहेका कामहरु धमाधम खुलाएका छन्। हालै मात्र उनले बढुवा भएकासहित १ सय ३१ प्रहरी नायव उपरिक्षक (डीएसपी) को पदस्थापन तथा सरुवा गरिसकेका छन्।

चुनाव घोषणा भइसकेको र सुरक्षा व्यवस्थालाई थप बलियो बनाउनका लागि संगठनलाई चलायमान बनाउन आईजीपी सिंह सक्रिय भएका हुन्। उनले आपराधिक गतिविधिलाई पनि नियन्त्रणमा लिँदै सहज निर्वाचनका लागि सुरक्षा व्यवस्थाका लागि गृहकार्य सुरु गरेका छन्।

त्यसका लागि प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) सहकुलबहादुर थापाको नेतृत्वमा निर्वाचन सुरक्षा परिचालन सेल समेत गठन गरिसकेका छन्।

‘देशैभरको सुरक्षा र चुनावी रणनीतिका लागि जिल्लाका प्रमुखहरूको सरुवा, प्रहरी परिचालनका लागि आईजीपी सक्रिय देखिनुभएको छ’, प्रहरीका एक वरिष्ठ अधिकारी भन्छन्,‘सबै जिल्लामा प्रमुख पठाउने काम भइसकेको छ भने सम्बन्धित इकाईहरूमा पनि जनशक्ति परिचालनको काम सुरु भइसकेको छ।’

चुनावका निम्ति म्यादी प्रहरी भर्नाको तयारी पनि भइरहेको बताइएको छ । १६ भदौमा अमेरिकामा हुने राष्ट्र संघको एउटा कार्यक्रममा सहभागी भएर फर्किएपछि प्रहरी महानिरीक्षक सिंहले चुनावकेन्द्रित सुरक्षा व्यवस्थाबारे निरिक्षणदेखि परिपूर्तिका कामको निर्देशन दिनेछन्।

संगठनलाई अझ प्रभावकारी बनाउन उनले प्रहरी उपरीक्षक (एसपी) बढुवा र पदस्थापन तथा जिम्मेवारी, प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बढुवा र जिम्मेवारी समेत दिइसकेका छन्। ‘सम्बन्धित अधिकारी आफूले पाएको जिम्मेवारी बहन गर्न जिल्ला र इकाईमा पुगिसकेका छन्’, प्रहरीका उच्च अधिकारी भन्छन्,‘यसैगरी प्रहरी नायव महानिरिक्षक (डीआईजी) हरूले पनि जिम्मेवारी लिएर प्रभावकारी काम गर्न थालेको रिपोर्ट आइसकेको छ।’

प्रहरीमा वर्षै देखि रिक्त रहेका ‘तल्लो तहका कर्मचारीदेखि उच्च तहका अधिकारीको बढुवा जाममा थियो, आईजीपी धिरज प्रताप सिंहले जिम्मेवारी लिनासाथ ति काम धमाधम अगाडि बढे र जाम खुल्यो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो,‘सिपाहीदेखि एआईजीसम्मका बढुवा खुलाउने काममा आईजीपी सिंहको पहिलो प्राथमिकता रह्यो, यसले संगठनमा रिक्तता रहेन।’

यसैगरी हालै मात्र अनिवार्य अवकाश भएका एआईजी विश्वराज पोखरेलको स्थानमा पनि बढुवाको तयारी भएको छ। ‘सम्भवतः आचारसंहिता लागु हुुनुपूर्व नै त्यसका लागि पनि सिफारिस हुनेछ’, उच्च स्रोतले भन्यो,‘गृह मन्त्रालयलाई प्रधान कार्यालयले सिफारिस गर्न सक्नेछ।’

संगठन चुस्त चल्नका लागि संगठनका कुनै पनि पदको रिक्तताले प्रभावित बनाउने भएपछि सांगठनिक संरचना बलियो बनाए मात्र प्रहरी परिचालन सहज हुने आईजीपी सिंहले ठान्ने गरेका छन्।

संगठनमा खराब प्रवृत्तिमाथि निर्मम बन्नुपर्ने निर्देशन दिएका आईजीपी सिंहले भन्ने गरेका छन्,‘म कसैको लागि खराब इच्छा सहन गर्दिन। म कसैको अन्यायमा समर्पण गर्दिन। असत्यलाई सत्यले जित्नेछु, असत्यको प्रतिरोधमा दुःख सहन गर्नेछु तर सम्झौता गर्दिन।’

सोही शैलीमा संगठनलाई गति दिनका लागि प्रहरी महानिरीक्षक सिंहले ७ प्रदेशका प्रहरी कार्यालयलाई निर्देशन दिइसकेका छन्। ‘संगठनमा कुनै पनि रिक्तता हुन नदिने र प्रहरी कर्मचारीको सुविधाका निम्ति आईजीपी सिंहले माथाहतका निकायलाई निर्देशन दिने काम पनि भइरहेको छ’, प्रधान कार्यालय स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..