होली पर्वलाई सभ्य र मर्यादित बनाउन सिराहा प्रहरीको अनुरोध

लहान । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वलाई सभ्य र मर्यादित भई मनाउन जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) टेकुन्नद ईवा लिम्वुले अनुरोध गरेको छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। यस वर्ष फागुन २२ गते पहाडी र २३ गते तराईका जिल्लामा होली पर्व मनाइँदैछ।

यस्ता छन् प्रहरीको अनुरोध

• होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाऔं ।


• आत्मिय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरुसंग मात्र होली खेलौं ।


• होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगरौं ।

अपरिचित मानिसहरुको समूहमा होली नखेलौं ।


• कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔ, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं ।


• महङ्गा गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔँ । अपरिचित मानिसले दिएको कुनैपनि खानेकुरा नखाऔँ ।
• ट्राफिक नियमको पुर्ण रुपले पालना गरौं । आफू बचौँ र अरुलाई पनि बचाऔँ ।


• मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऔं ।


• अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारका दुर्व्यवहार नगरौं ।


• रेलिङ नभएको छत तथा सडकमा होली नखेलौं ।
• भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट तथा स्न्याचिङ जस्ता घटनाहरु हुने सम्भावना बढी हुने हुदाँ सावधान रहनुहोला ।


• कुनै पनि अपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नेपाल प्रहरीको हट लाईन न. १०० , ९८५२८९०१०४ , प्रहरी संचार कक्षा ९८५२८९००४४ र कार्यालय प्रमुख ९८५२८५५५५५ मा फोन गरौं ।


• नियम विपरित कार्य गर्ने व्यक्ति उपर कानुन बमोजिम सजाय तथा जरिवाना हुने समेत जानकारी गराउदछौं ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..